Logo

बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्टदेखि लगातार घटिरहेको नेप्से सोमबार भने उकालो लागेको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ५.८४ अंकले बढ्दै २१ सय ६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका ५५ लाख ३१ हजार ७ सय ३७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ८५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

आज कारोबार भएकामध्ये १ सय ११ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा ९९ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । आज शिवम सिमेन्टको सबैभन्दा बढी ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युत, लघुवित्त र म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL