Logo

पुनः प्रतितोला २ सयले बढ्यो सुन, ५८७०० मा कारोवार

पुनः प्रतितोला २ सयले बढ्यो सुन, ५८७०० मा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । बेलायत यूरोपियन युनियनबाट वाहिरिने निर्णयसँगै एकै दिन प्रतितोला ३ हजार रुपैयाँले बढेको सुन त्यसको भोलिपल्ट ५ सय रुपैयाँले घटेको थियो ।

तर, सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर ५८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । व्रिटेनको सो निर्णयसँगै सुनको मुल्य केही समय लगातार बढ्ने अनुमान गरिए पनि भोलिपल्टै प्रतितोला ५ सय रुपैयाँले घटेको थियो ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । बजारमा चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL