Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो सेयर बजार, साढे २ अर्बको कारोबार

साताको पहिलो दिन दोहोरो अंकले घट्यो सेयर बजार, साढे २ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो यात्रा तय गरेको नेप्से अन्तिममा २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर २ सय ६६ कम्पनीका ६८ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ५० करोड २८ लाख रुपैयाँ माथि पुगेको छ ।

आज बजारमा कारोबार भएकामध्ये १८९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १८ कम्पनीको सेयरमूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये शिवम सिमेन्टको सबैभन्दा बढी १४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचकहरु राताम्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL