Logo

साना चार पांग्रे सवारी खरिदमा सहुलियत, २५ लाखसम्मकाे अटाे कर्जामा १०० प्रतिशत मात्रै जाेखिम भार

साना चार पांग्रे सवारी खरिदमा सहुलियत, २५ लाखसम्मकाे अटाे कर्जामा १०० प्रतिशत मात्रै जाेखिम भार



काठमाडौं । अब २५ लाख रुपैयाँसम्मको अटो लोनमा १०० प्रतिशत जोखिमभार गणना गर्नुपर्ने व्यव्सथा लागू भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एकिकृत निर्देशिका अनुसार अब उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।

सबैजसो व्यक्तिगत हायरपर्चेज कर्जा र व्यक्तिगत अटो लोनमा १५० प्रतिशत जोखिम भार लाग्दै आएकामा अव भने २५ लाखसम्मको अटो कर्जामा यो नलाग्ने भएको छ ।

यसअघि गत आईतबार चालु आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले हायरपर्चेज कर्जाको जोखिम भारमा हेरफेर गर्ने बताएको थियो ।

जसअनुसार आज एकिकृत निर्देशन जारी गर्दै अब २५ लाख रुपैयाँ माथिको हायरपर्चेज कर्जामा १५० प्रतिशत र २५ लाख रुपैयाँसम्मको कर्जामा भने १०० प्रतिशत मात्रै जोखिम भार गणना गर्न पाईने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL