Logo

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर



काठमाडौँ । हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम अपलायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनहरु एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको हो ।

कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिङ मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चार वटा नयाँ उत्पादनहरू बजारमा भित्र्याएको हो ।

हिताची वासिङ मेसिनमा प्रयोगकर्ता–मैत्री डिजाइनको साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको छ । वासिङ मेसिन दुई वटा भिन्न मोडलहरुमा उपलब्ध हुने छन् – जसमा ८ केजीको क्षमता र ९ केजीको क्षमतामा रहेका छन् । यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ ।

हिताची डबल–डोर फ्रिज आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ । यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ यसमा रहेको प्रत्येक सेल्फहरुमा १०० के. जी. सम्मको भार थेग्न सक्ने क्षमतासहितका विभिन्न विशेषताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL