Logo

प्रतितोला ५ सयले घट्यो सुन, ५८ हजार ५ सयमा कारोवार

प्रतितोला ५ सयले घट्यो सुन, ५८ हजार ५ सयमा कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेको छ । ब्रिटेन युरोपियन युनियन ईयुबाट वाहिरिने निर्णयसँगै बढेको सुन आज घटेर ५८ हजार ५ सयमा झरेको हो ।

शुक्रवार सुनको मुल्य एकैपटक प्रतितोला ३ हजार रुपैयाँले बढेको थियो । ‘ब्रिटेन ईयुबाट वाहिरिने निर्णयसँगै विश्वभर लगानीको वातावरण बिग्रन गएकोले सो दिन सुनको भाउ बढेको हो ।

आइतवार बजारमा चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार चाँदीको मुल्य एकैपटक प्रतितोला ३० रुपैयाँले बढेर ८ सय २० रुपैयाँमा कारोवार भएको थियो । आइतवार चाँदी ८ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्