Logo

२९ अंकले घटेर बन्द भयो बजार, १९३ कम्पनीको सेयरमूल्य ओरालो

२९ अंकले घटेर बन्द भयो बजार, १९३ कम्पनीको सेयरमूल्य ओरालो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयका २९.७१ अंकले घट्दै २१२६ विन्दुमा पुगेर बन्द भएको हो ।

आज २ सय ७१ कम्पनीका ६२ लाख ७१ हजार ७ सय ७७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

आज कारोबार भएकामध्ये १ सय ९३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १६ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।
आज शिवम सिमेन्टको सेयर कारोबार सबैभन्दा बढी १० करोड रुपैयाँ माथिको भएको नेप्सेले जानकारी दिएको छ । आज बजारमा कारोबार भएका सबैजसो समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्