काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ८.११ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तरचढावसहित ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा एकोहोरो अंकले घट्दै २१ सय ५६ को विन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार कारोबार अवधिभर २ सय ६० कम्पनीका ७३ लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम मंगलबारको तुलनामा केहि कम २ अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।
आज कारोबार भएकामध्ये १ सय ४१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ६७ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।
आज सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज बजारमा कारोबार भएकामध्ये वित्त, म्युचुअल फण्ड र अतिरिक्त समुहका बाहेक अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् ।