Logo

लैनचौरमा रु. ७५ करोडमा बेसमेन्ट पार्किङ बन्दै, प्रतिवेदन सार्वजनिक

लैनचौरमा रु. ७५ करोडमा बेसमेन्ट पार्किङ बन्दै, प्रतिवेदन सार्वजनिक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौंको लैनचौरस्थित खेलकुद मैदानमा पार्किङ बनाउन सकिने एक अध्ययनले देखाएको छ । महानगरले पिकासो कन्सलटेन्सी प्रालिमार्फत गरेको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदनले यस्तो सम्भावना देखाएको हो ।

सो प्रतिवेदनले त्यस क्षेत्रलाई जोड्ने थप योजनाका लागि अझै अध्ययन गर्नुपर्ने खाँचो बताएको छ । पार्किङ निर्माणका लागि ७५ करोड ५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौंमा सवारीको पार्किङलाई व्यवस्थित बनाउने उद्देश्यका साथ अध्ययन गर्न लगाएको थियो । शुक्रबार अध्ययन प्रतिवेदनमाथि राय सुझाव राख्ने क्रमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले पार्किङका लागि आवश्यक मानिएको सव वेका लागि समाज कल्याण परिषद् र मल्ल होटल परिसर प्रयोग गर्नुपर्ने देखिएको भन्दै यसमा थप अध्ययन गर्न आग्रह गरे । उनले बैकल्पिक उपाय अपनाउनु पर्ने नपर्ने थप अध्ययन गर्नुपर्न बताए ।

परामर्शदाता पिकासो प्रालिका योगेश पुन श्रेष्ठले हालको फुटबल मैदान यथावत् रहने गरि २ तला भुमिगत पार्किङ र त्यसमाथि हुने आधा भुमिगत सपिङ सेन्टर बनाउन सकिने बताएका थिए । पार्किङ स्थलमा १ सय ४० वटा चारपाङग्रै र २५ वटा दुई पांग्रे सवारी अटाउने देखाएको छ । त्यस्तै ईलेक्ट्रिकल रुम, कन्ट्रोल रुम, स्टोर रुम तथा सुरक्षा गार्ड सहितको पार्किङ्ग स्थलबाट दक्षिण भागतर्फको मल्ल होटलको भागमा २ सय २५ मिटर लामो सव वे समेत निर्माण गर्न सकिने देखाएको छ ।

उक्त स्थानमा रहेका सात रोपनी खाली जग्गामा सवारी पार्किङ स्थल निर्माण गर्न लागिएको बताइएको छ ।

निर्माण गरिएको ३० वर्षसम्म निर्माण कम्पनीले प्रयोग गर्नेछ भने त्यसपछिको समयमा कामपालाई दिनुपर्नेछ । सोही स्थानलाई जोडेर सर्वसाधारण र यातायातको साधनका लागि सब–वेको पनि निर्माण गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्