Logo

मौद्रिक नीतिसँगै बजारमा लगातार दोहोरो अंकको गिरावट,कारोबार रकम पनि खुम्चियो

मौद्रिक नीतिसँगै बजारमा लगातार दोहोरो अंकको गिरावट,कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजार मापन परिसूचक नेप्से ३७.६२ अंकले घटेको छ । सोमबार पनि नेप्से २६.६६ अंकले घटेर २२०० अंकमा रोकिएको थियो ।

गएको आईतबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । त्यसदिन उच्च अंकले बढेको नेप्से त्यसपछि भने लगातार ओरालो लागिरहेको छ ।

मंगलबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ८३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ४ अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको थियो । आज २ सय ६७ कम्पनीका ७५ लाख १३ हजार ३ सय ९९ कित्ता सेयर ५२ हजार ४ सय ३३ पटक किनबेच भएका छन् ।

आज कारोबारमा आएका २७ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १ सय ८६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १ उप समूहको सेयर मूल्य बढेको छ, बाँकी १२ उपसमूहको सेयर मूल्य घटेको छ । आज किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL