Logo

भेस्पा-अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा, आधिकारिक बिक्रेतामा डेल्टा अटोकर्प

भेस्पा-अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा, आधिकारिक बिक्रेतामा डेल्टा अटोकर्प



काठमाडौँ। भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा उद्घाटन गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लिले सुरु गरेको नयाँ शोरुमलाई भेस्पा/ अप्रिलिया इन्डियाका कन्ट्री हेड भानुप्रकाश सुदले सोमबार उद्घाटन गरेका हुन् ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरूलाई सरल गराउन विभिन्न ठाउँहरूमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याइएको जानकारी गराए ।

डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाडौँ उपत्यकाको विभिन्न ठाउँहरूमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढी ठाउँहरूमा आफ्नो सेवा सुविधाहरू प्रदान गराउँदै आइरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL