Logo

ब्रिटेन ईयुबाट वाहिरिने निर्णयसँगै सुनको मुल्य बढ्यो, प्रतितोला ३ हजारले बृद्धि

ब्रिटेन ईयुबाट वाहिरिने निर्णयसँगै सुनको मुल्य बढ्यो, प्रतितोला ३ हजारले बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ब्रिटेन युरोपियन युनियन (ईयु)बाट वाहिरिने निर्णयसँगै सुनको मुल्य बढेको छ । जसले गर्दा स्थानीय बजारमा सुनको मुल्य एकैपटक प्रतितोला ३ हजार रुपैयाँले बढ्न गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘ब्रिटेन ईयुबाट वाहिरिने निर्णयसँगै विश्वभर लगानीको वातावरण बिग्रन गएको छ,’ उनले भने, ‘जसले गर्दा सुनमा लगानीकर्ता आकर्षित भएका हुन् ।’

महासंघका अनुसार स्थानीय बजारमा विहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भएको सुन शुक्रबार ५९ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंश १ सय डलरले बढेको छ । हिजो प्रतिऔंश १ हजार १ सय डलरमा कारोवार भएको सुन आज बढेर १ हजार ३ सय डलर पुगेको छ ।

यसैगरी, बजारमा चाँदीको मुल्य पनि उच्च रुपमा बढेको छ । शुक्रबार चाँदीको मुल्य एकैपटक प्रतितोला ३० रुपैयाँले बढ्न गएको छ । विहीबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी शुक्रबार ८ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।

ब्रिटेनको जनतम संग्रहले अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य अझै केही समय बढ्न सक्ने शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL