Logo

प्रतितोला ५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि कमी

प्रतितोला ५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि कमी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेको छ । सो दिन सुनको भाउ प्रतितोला ५६ हजारमा झरेको छ ।

बुधवार सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीवार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ९० मा कारोबार भएको छ । बुधवार चाँदी ७ सय ९५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्