Logo

इन्स्योरेन्स समुहले बढायो नेप्से, १९ अंकले बढ्दा पौने २ अर्बको कारोवार

इन्स्योरेन्स समुहले बढायो नेप्से, १९ अंकले बढ्दा पौने २ अर्बको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बीमा समुहको कारोवार उच्च रुपमा बढ्दा बजारमा १ अर्ब ७८ करोडको सेयर कारोवार भएको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक बीमा समुहको परिसुचक २ सय ३ अंकले बढ्दा समग्रमा १८ दशमलव ७० अंकले बढेको हो ।

बजारमा अन्य वाहेक सवै समुहका परिसुचक उकालो लागेको छ । जसमध्ये बीमाको २ सय अंकले बढ्दा जलविद्युत समुह ७५ अंकले बढेको छ । यसैगरी, नेप्से परिसुचकमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि साढे १२ अंकले बढेको छ ।

यस्तै विकास बैंक समुहको परिसुचक १३ अंकले बढ्दा उत्पादनमुलक समुह ३५ अंकले बढ्न गएको छ । तर, बजारमा अन्य समुहको परिसुचक भने ७ अंकले घट्न गएको छ ।
दिनभर कुल १ सय ३६ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल २२ लाख ९४ लाख हजार कित्ता सेयर कारोवार भएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको सेयर कारोवार भएको छ । जसमध्ये लुम्बीनी जनरल इन्स्योरेन्सको १९ करोड ७७ लाख रुपैयाँ सेयर कारोवार भएको छ । यसैगरी नेशनल लाइफलको ९ करोड ९० लाख रुपैयाँको सेयर कारोवार भएको छ भने नेको इन्स्योरेन्सको ९ करोडको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL