Logo

सेयर बजारमा वृद्धि कायमै, कारोबार रकम पनि उत्साहजनक रुपमा बढ्यो

सेयर बजारमा वृद्धि कायमै, कारोबार रकम पनि उत्साहजनक रुपमा बढ्यो



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ । आइतबार र सोमबार बढेको सेयर बजार मंगलबार पनि बढेको हो । मंगलबार सेयर बजार मापन गर्ने सूचक नेप्से सूचक ९.९१ अंकले बढेर २१५४.०७ बिन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढेको थियो । सोमबार नेप्से सूचक ४७.०७ अंकले बढेर २१४४.१४ बिन्दुमा पुगेको थियो ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय ५५ स्टकको ५६ हजार ४ सय ७६ पटकको कारोबारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ८६ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४५ प्रतिशत घटेको छ।

यस दिन दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन शुभम् पावर र युनिलिभर नेपालको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सानिमा लर्ज क्याप फण्डको इकाई मूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन २१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब १८ करोडको सेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL