Logo

कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त, वित्तीय क्षेत्रमा १३ बर्षको अनुभव

कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त, वित्तीय क्षेत्रमा १३ बर्षको अनुभव



काठमाडौं । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प पुष्प शर्मा नियुक्त भएका छन् ।
आईतबार बसेको कम्पनीको सञ्चालक समितिको ५८ औँ बैठकले उनलार्य आजैदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेका हो ।
यसअघि उनले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव संगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् ।

उनी कुमारी क्यापिटलमा आबद्घ हुनुपुर्व नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रहि कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL