Logo

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह, कारोबार रकममा पनि सुधार

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह, कारोबार रकममा पनि सुधार



काठमाडौं । चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार मापन गर्ने सूचक नेप्से सूचक ४७.०७ अंकले बढेर २१४४.१४ बिन्दुमा पुगेको हो । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन आईतबार नेप्से सूचक १२.१६ अंकले बढेर २०९७ को विन्दुमा पुगेको थियो ।

सोमबार २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यस्तो कारोबार रमक २ अर्ब ३७ करोड ६४ लाख२७ हजार रुपैयाँ थियो । कारोबार रकम पनि आइतबारको तुलनामा बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

आज २ सय ५७ कम्पनीको ७६ लाख ३४ हजार १ सय ९० कित्ता सेयर ५० हजार २ सय ९९ पटक कारोबार भएको छ । आज कारोबारमा आएको २०० कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सोमबार कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । यसैगरी, यसदिन कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्य बढेको छ भने एक उपसमूहको सेयर मूल्य घटेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL