Logo

साढे १३ अंकले बढ्यो नेप्से, १ अर्व २१ करोडको कारोवार

साढे १३ अंकले बढ्यो नेप्से, १ अर्व २१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से १३ दशमलव ७१ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय २८ दशमलव ८१ अंकमा पुगेर बन्द भएको हो । मंगलवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ७३ दशमलव ७ अंकले बढेको छ ।

सो दिन जलविद्युत समुह ५३ दशमलव ३२ र बैंकिङ समुहको परिसुचक ११ दशमलव ३१ अंकले उकालो लागेको छ । त्यस्तै अन्य समुह ४ दशमलव ७ र विकास बैंक १ दशमलव २१ अंकले बढेको छ ।

यता होटल र फाइनान्स समुहको परिसुचक भने क्रमशः १४ दशमलव ७८ र ४ दशमलव १४ अंकले ओरालो लागेको छ । मंगलवार १ सय ३४ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १८ लाख १० हजार कित्ता सेयरबाट १ अर्व २१ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्