Logo

चालु आवको अन्तिम दिन दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम २ अर्ब माथि

चालु आवको अन्तिम दिन दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम २ अर्ब माथि



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८० को अन्तिम दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिमा उच्च उकालो लागेर ओरालो लागेको नेप्से अन्तिम समयमा १२.१६ अंकले बढ्दै २०९७ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज बजार दोहोरो अंकले बढ्दा ८ समुहको परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये निर्जीवन बीमा समितिको परिसुचकमा १०७ अंकको वृद्धि देखिएको छ । यस्तै आज ५ समुहको परिसुचक भने ओरालो लागेका छन् ।

कारोबार अवधिभर आईतबार २ सय ८६ कम्पनीका ७१ लाख ८४ हजार २ सय ५४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी शिवम सिमेन्टको १९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा हिमालयन लाईफ इन्स्योरेन्सको १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज १ सय १७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL