Logo

कल्र्सवर्गका ८ बिजेता युरोकप हेर्न फ्रान्स प्रस्थान, आइसल्यान्ड र अष्ट्रियाबीचको म्याच हेर्ने

कल्र्सवर्गका ८ बिजेता युरोकप हेर्न फ्रान्स प्रस्थान, आइसल्यान्ड र अष्ट्रियाबीचको म्याच हेर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काल्र्सवर्गको प्रमोशनल कार्यक्रम ‘लाइभ इट लाइभ’ अन्तर्गत थप ८ जना बिजेताहरु युरोकप हेर्न फ्रान्स गएका छन् । उनीहरु ८ गते हुने आइसल्यान्ड र अष्ट्रियाबीचको म्याच हेर्न सोमवार फ्रान्सतर्फ लागेका हुन् ।

फ्रान्समा युरोकप हेर्न जाने हरुमा प्रेम कुमारी अधिकारी बस्नेत, विनोद लामिछाने, सुदन थापा मगर, रोशन प्रसाद गुप्ता, राम बहादुर थापा क्षेत्री, रिषिराज मानन्धर, बिञ्जु श्रेष्ठ र सुरेश मानन्धर रहेका छन् ।

कल्र्सवर्गले मार्च महिनामा दुई महिना लामो ‘लाइभ टु लाइभ’ प्रमोशनल कार्यक्रम सुरु गरेको थियो । बिजेता प्रेम कुमारी अधिकारी बस्नेतले युरोकप हेर्न जाने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरिन ।

त्यस्तै, अर्का बिजेता बिनोद लामिछानेले युरोकप हेर्न जाने अवसर प्रदान गरेकोमा गोर्खा ब्रुअरीप्रति आभार प्रकट गरे । सो अवसरमा गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुन अधिकारीले युरोकप हेर्न जाने अवसर प्राप्त गरेका बिजेतालाई कम्पनीको तर्फबाट बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्