Logo

झापा ईनर्जीले ६ लाख कित्ता आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा सिभिल क्यापिटल नियुक्त

झापा ईनर्जीले ६ लाख कित्ता आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा सिभिल क्यापिटल नियुक्त



काठमाडौं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
शुक्रबार झापा ईनर्जी लिमिटेडको कार्यालय पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे ।

सो कार्यक्रममा झापा ईनर्जी लिमिटेडका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिती रहेको थियो ।

सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने सेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकम बराबरको ६ लाख ६६ हजार ६ सय कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी सेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।

यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले दिए ।
आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।

निर्माण अवधिको ब्याजसहित कुल परियोजना लागत ७९ करोड ९० लाख रुपैयाँ छ आयोजना निर्माणका लागि माछापुच्छ«े बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया आर्थिक सहयोग गर्ने बताईएको छ ।

साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षकोे लागि प्रतियुनिट ७.३० रुपैँयामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL