Logo

अधिकांश समुह ओरालो लाग्दा ७ अंकले घट्यो नेप्से, १ अर्व १९ करोडको कारोवार

अधिकांश समुह ओरालो लाग्दा ७ अंकले घट्यो नेप्से, १ अर्व १९ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।  सोमवार नेप्से परिसुचक ७ दशमलव १७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय १५ दशमलव १० अंकमा पुगेर बन्द भएको हो । सोमवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २८ दशमलव ३४ अंकले ओरालो लागेको छ । त्यस्तै उत्पादन समुह ३६ दशमलव ३२,होटल समुह १६ दशमलव ८१ र विकास बैंक ७ अंकले ओरालो लागेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ४ अंकले ओरालो लागेको छ । यता जलविद्युत र फाइनान्स समुहको परिसुचक भने क्रमशः१७ र २ दशमलव ९५ अंकले बढेको छ । सोमबार १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १८ लाख कित्ता सेयरबाट १ अर्व १९ करोड बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्