Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिमा केहि बढेको नेप्से करिव १२ बजेपछि लगातार ओरालो लाग्दै अन्तिम समयमा १२.६२ अंकले घटेर २०८४ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर भएको कारोबारमा २ सय ९६ कम्पनीका ९३ लाख ८२ हजार ४ सय ४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६ सय ५ रुपैयाँ पुगेको छ । यो बुधबारको तुलनामा केहि सुधार हो । बुधबार ३ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय ६५ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ५४ कम्पनीको सेयरमूल्य घटेको छ । जसमध्ये ३ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको छ ।

आज होटल तथा पर्यटन, बैंकिङ र म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL