Logo

सेयर बजारमा देखिएन उत्साह, ४.७३ अंकले घटेको बजारमा पौने तीन अर्बको कारोबार

सेयर बजारमा देखिएन उत्साह, ४.७३ अंकले घटेको बजारमा पौने तीन अर्बको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४.७३ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा घटेर २०७२.२४ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल २ सय ८३ कम्पनीका ७९ लाख ८८ हजार ९ सय ८६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८५ करोड ९४ लाख ९० हजार रुपैयाँ पुगेको हो ।

आज बजार ओरालो लाग्दा १ सय ३८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७९ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । जसमध्ये हिमालयन पावर, एनआइबीएल समृद्धि फण्ड र रावा इनर्जी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज दिनभरको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL