Logo

साढे १० अंकले घट्यो नेप्से, १ अर्व ६५ करोडको कारोबार

साढे १० अंकले घट्यो नेप्से, १ अर्व ६५ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १० दशमलव ६७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय २२ दशमलव २७ अंकमा झरेर बन्द भएको हो ।

आइतवार बीमा, जलविद्युत तथा बैंकिङ समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा सुमह सवैभन्दा बढी १ सय ५५ अंकले घटेको छ । त्यस्तै जलविद्युत १९ दशमलव ८८ र बैंकिङ समुहको परिसुचक १० दशमलव ६६ अंकले ओरालो लागेको हो ।

त्यसैगरी  विकास बैंक समुहको परिसुचक ४ दशमलव ९३ अंक्ले घटेको छ । यता अन्य, होटल,उत्पादन तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ९ दशमलव ३९,५,४ दशमलव ०९ र २ दशमलव ८५ अंकले बढेको छ । आइतवार १ सय ३७ ओटा कम्पनी कारोबारमा आएका थिए ।

ती कम्पनीको १९ लाख ३१ हजार कित्ता सेयरबाट १ अर्व ६५ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्