Logo

आइएमई लाईफको आईपीओ ओभर‌ सस्क्राइब्ड, ८ लाख लगानीकर्ताको आवेदन

आइएमई लाईफको आईपीओ ओभर‌ सस्क्राइब्ड, ८ लाख लगानीकर्ताको आवेदन



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर‌ सस्क्राइब्ड भएको छ । तेस्रो दिनसम्ममा कम्पनीको सेयरका लागि लागि ८ लाख आवेदनकर्ताले आवेदन दिएका छन् ।

कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।

यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको आईमई लाईफको तेस्रो दिनसम्ममा ८ लाख लगानीकर्ताले आवेदन दिएका हुन् ।

उक्त कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकका अनुसार आइतबार बिहानसम्ममा ८ लाख ९३ जना लगानीकर्ताले १ करोड ५० हजार ४ सय ५० कित्ता सेयर माग गर्दै आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL