काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २८.३८ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिममा दोहोरो अंकले बढ्दै २ हजार ७७ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार अवधिभर २ सय ८७ कम्पनीका ९३ लाख ५२ हजार ३ सय ७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४ करोड २५ लाख ४३ हजार रुपैयाँ नाघेको छ ।
आज दिनभर भएको कारोबार भएकामध्ये १ सय ६८ कम्पनीको सेयरमूल्इ उकालो लाग्दा ५० कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।
आज कारोबार भएकामध्ये सबैभन्दा बढी कारोबार हिमालयलन लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको आज दिनभर १८ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम सिमेन्टको १६ करोड ३६ लाख रुपैयाँमै सीमित भएको छ ।