Logo

७ नयाँ ब्रोकरले पाए ब्रोकर नम्बर, कसलाई कति नम्बर ?

७ नयाँ ब्रोकरले पाए ब्रोकर नम्बर, कसलाई कति नम्बर ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कारोबार नम्बर प्रदान गरेको छ । बुधबार बसेको नेप्सेको संचालक समितिको बैठकको निर्णय अनुसार बिहीबार ७ नयाँ कम्पनीले कारोबार नम्बर पाएका हुन् ।

बुधबार बसेको नेप्सेको संचालक समिति बैठकदले प्रकृया पुरा गरेका नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार भोला गणेशले ६१, क्यापिटल म्याक्सले ६२, हिमालयनले ६३, सन् सेक्युरिटिजले ६४, सेयरप्रोले ६५, मियो सेक्युरिटिजले ६६ र प्रोपर्टी बिजवार्डले ६७ कारोबार नम्बर पाएका हुन् ।

यसअघि नेपाल धितोपत्र बोर्डले ४३ ओटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिईसकेको छ । यीमध्ये १७ नयाँ ब्रोकरले प्रमाणपत्रसमेत पाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL