Logo

फोर्डले मनायो १ सय १३ औं वार्षिकोत्सव, जुन २५ मा गोकार्ट रेसिङ्ग सुरु

फोर्डले मनायो १ सय १३ औं वार्षिकोत्सव, जुन २५ मा गोकार्ट रेसिङ्ग सुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फोर्ड मोटर कम्पनीको नेपालका लागि आधिकारीक डिलर जिओ फोर्डले विहिबार १ सय १३ औं वार्षिकोत्सव मनाएको छ। कम्पनीले जुनको २५ तारिखमा फोर्ड धनीहरुको गोकार्ट रेसिङ्ग सुरु गर्ने भएको बताएको छ ।

सबै फोर्ड धनीहरुका लागि रेसिङ्ग निशुल्क हुने र रजिष्ट्रेशन पहिलो आउनेलाई प्राथमिकता दिइने भएको छ । कार्यक्रममा रेसिङ्ग बाहेक ह्युमन स्विङ, होबर बोर्ड, मेल्ट डाउन खाना र पेयका स्टलहरु लगायत अन्य क्रियाकलापहरु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यसको इतिहासलाई स्मरण गर्दै जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउन लागेको हो । फोर्डले नेपालमा सन् २०१० देखि आफ्नो उत्पादन विक्री गर्न थालेको हो । हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन्। नेपालमा फोर्डका ११ विक्री तथा सर्भिस केन्द्र तथा एक क्विकलेन सर्भिस सेन्टर रहेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्