Logo

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम साढे २ अर्बमा सीमित

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम साढे २ अर्बमा सीमित



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १२.७३ अंकले बढ्दै २०८८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ८२ कम्पनीका ६४ लाख ५० हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १ सय ४५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । सेयरमूल्य घटेका कम्पनीमध्ये आज बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी सेयर कारोबार सिटीजन इन्भेष्टमेन्ट ट्रस्टको १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा कारोबार भएका सबै समुहका परिसुचक उकालो लाग्दा होटल तथा पर्यटन समुहको परिसुचकमा सबैभन्दा बढी १ सय ३३ अंकको वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL