Logo

नेप्सेमा २१ अंकको गिरावट, १४७ कम्पनीको सेयरमूल्य ओरालो

नेप्सेमा २१ अंकको गिरावट, १४७ कम्पनीको सेयरमूल्य ओरालो



काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज(नेप्से) २१.३२ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा पुग्दा दोहोरो अंकले घट्दै २०७५ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर कुल २ सय ७६ कम्पनीका ९४ लाख १८ हजार ९ सय ५२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५ करोड १० लाख रुपैयाँ नाघेको छ । आज कारोबार भएका कम्पनीमध्ये १ सय ७४ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ४१ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज सेयरमूल्य उकालो लागेका कम्पनीमध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज दिनभर ६ कम्पनीको सेयर कारोबार १० करोड माथि भएको नेप्सेले जानकारी दिएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको २३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज होटल तथा पर्यटन र व्यापार बाहेक सबै समुहको परिसुचकमा गिरावट आएको नेप्सेले जानकारी दिएको छ । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचकमा २ सय ३० अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL