Logo

६ दशमलव ३२ अंकले बढ्यो नेप्से, १ अर्व ३९ करोडको कारोवार

६ दशमलव ३२ अंकले बढ्यो नेप्से, १ अर्व ३९ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से ६ दशमलव ३२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय २० दशमलव ४७ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा समुहले सेयर बजार उचालेको हो ।

सो दिन बीमा समुहको परिसुचक २ सय ६७ अंकले बढेको छ । त्यस्तै जलविद्युत ३४ दशमलव २३,उत्पादन समुह १८, विकास बैंक ४ दशमलव ७६ अन्य समुहको परिसुचक २ दशमलव ३५ अंकले उकालो लागेको छ ।

यता होटल,बैंक तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः १५ दशमलव २२,६ दशमलव ३७ र ० दशमलव ६१ अंक्ले ओरालो लागेको छ । बुधवार १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १७ लाख ९२ कित्ता सेयरबाट १ अर्व ३९ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्