Logo

उच्च अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने सुधार

उच्च अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने सुधार



काठमाडौं । पछिल्ला दिन लगातार उच्च अंकले बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार एकाएक ओरालो लागेको छ ।

कारोबार समयको सुरुवातिदेखि नै घटबढसहित ओरालो लागिरहेको नेप्से अन्तिममा ३५.३७ अंकले घट्दै २१ सय ५५.९९ को विन्दुमा पुगेर रोकिएको हो ।

नेप्सेका अनुसार आज परिसुचक ओरालो लागेपनि ३६ कम्पनीको सेयरमूल्य उकालो लागेको र त्यसमध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार अवधिभर २ सय ८० कम्पनीका १ करोड ३३ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ माथि पुगेको छ । याे रकम हिजाेकाे तुलनामा बढी हाे ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ८८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्