Logo

सेयर बजारमा एकैदिन ५७ अंकको उछाल, साढे ५ अर्बको कारोबार

सेयर बजारमा एकैदिन ५७ अंकको उछाल, साढे ५ अर्बको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा करिव ५७ अंकको उछाल देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको बजार अन्तिम समयमा ५६.९४ अंकले बढ्दै २१ सय ८६.३६ को विन्दुमा पुगेर रोकिएको हो ।

यसदिन कारोबार समयको सूरवातिदेखि नै परिसुचक उकालो लाग्दा कारोबार भएका २ सय ७५ कम्पनीमध्ये १ सय ८७ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये ३४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार आज विभिन्न ३४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा बाँकी ४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज दिनभर विभिन्न कम्पनीका १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर ८० हजार ३ सय ९८ पटक किनबेच हुँदा कारोबार रकम पनि ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ माथि पुगेको छ ।

मंगलबार स्वावलम्वन लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै यस दिन शिवम सिमेन्टको २२ करोड ६३ लाख, सोल्टी होटलको २२ करोड ४२ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन डिस्टीलरीको समान १२–१२ करोड माथिको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्