काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ५६ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ६ सय १४ दशमलव १५ अंकमा पुगेर बन्द भएको छ ।
मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय १२ दशमलव ५३ अंकले उकालो लागेको छ । सो दिन होटल समुह ५९ दशमलव १८,जलविद्युत समुह ५६ दशमलव ३७ र उत्पादन समुहको परिसुचक ४२ दशमलव ३१ अंकले उकालो लागेको छ ।
त्यस्तै विकास बैंक र फाइनान्स समुह क्रमशः १४ दशमलव ४६ र ३ अंकले बढेको छ । यता सेयर बजारमा बढी प्रभाव रहेको बैंक र अन्य समुहको परिसुचक भने क्रमशः ६ दशमलव २२ र ३ दशमलव ५२ अंकले ओरालो लागेको छ ।
मंगलवार १ सय ३४ कम्पनी कारोवारमा आएका छन् । ती कम्पनीको ३७ लाख ५१ हजार कित्ता सेयरबाट २ अर्व १९ करोडको कारोवार भएको छ ।