काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ११.६९ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा दोहोरो अंकले बढ्दै २१ सय २९ को विन्दुमा पुगेर रोकिएको हो ।
सोमबार कारोबार अवधिभर २ सय ७९ कम्पनीका १ करोड १९ लख ३ हजार ६ सय ८७ कित्ता सेयर ७३ हजार ९ सय ५८ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ नाघेको छ । आईतबार भने कारोबार रकम करिव साढे ६ अर्ब पुगेको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १ सय २३ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ९८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज विभिन्न ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज कारोबार भएका समुहमध्ये ८ समुहको परिसुचक उकालो लाग्दा बाँकी ४ समुहको परिसुचकमा भने गिरावट आएको छ ।