Logo

रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, ८ लाख आवेदक हातखाली

रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, ८ लाख आवेदक हातखाली



काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिएको छ । सोमबार एक कार्यक्रमका बीच गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो।

उप प्रधानमन्त्री एवं गृह मन्त्री नारायण काजी श्रेष्ठको उपस्थितिमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ । कम्पनीका अनुसार ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र सेयर पाएका छन्। यी मध्ये भाग्यमानी १ जनाले ११ कित्ता सेयर पाएका छन्।

कम्पनीको आईपिओमा १२ लाख ९९ हजार ७ सय २७ जनाको आवेदन परेको थियो । त्यसमध्ये ६ हजार ९ सय २० जनाको आवेदन रद्द भएको छ। जस अनुसार १२ लाख २७ हजार ५ सय ६९ जनाको योग्य आवेदन परेको हो । तर करिव ८ लाख जना आवेदनकर्ताकाे हात खाली भएकाे छ ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीको आइपीओमा मागभन्दा ३.७ गुणा बढीको आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL