Logo

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे ६ अर्ब नजिक

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे ६ अर्ब नजिक



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिममा ६२.२१ अंक (३ प्रतिशत)ले बढ्दै २१ सय १७ को विन्दुमा पुगेको हो ।

लगानीकर्ताहरु बीमा कम्पनीको सेयरतर्फ आकर्षित हुँदा आज जीवन बीमा समुहको परिसुचक ८ सय ९१ र निर्जीवन बीमा समुहको परिसुचक ६ सय ६६ अंकले उकालो लागेका छन् ।

यस्तै आज उत्पादनमुलक समुहको परिसुचकमा २ सय ३७ अंकको वृद्धि हुँदा विकास बैंक सहुको परिसुचक १ सय ७४ र व्यापार समुहको परिसुचक १ सय ३१ अंकले उकालो लागेको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको उपसुचकमा आज १२ अंकको वृद्धि देखिँदा विकास बैंक समुहको परिसुचक १७४, अन्यको ७९, वित्त कम्पनीहरुको ९८, होटल तथा पर्यटनको ९३ र लघुवित्त समुहको ६८ अंकले परिसुचक उकालो लागेका छन् ।

आज कारोबार अवधिभर २ सय ७५ कम्पनीका १ करोड ४७ लाख ५१ हजार २ सय ४७ कित्ता सेयर ९० हजार २ सय ४९ पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ४९ करोड ४ लाख १२ हजार माथि पुगेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १ सय ८९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३२ कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्