Logo

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन?

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन?



काठमाडौं। अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आइतबार आज (असार १० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गसिकेको छ। कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिुसेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो।

यसैरगी, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २४ गते कम्पनीले जानकारी दिएको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्