Logo

बैंक समुह उकालो लाग्दा साढे ११ अंकले बढ्यो नेप्से, १ अर्व ७१ करोडको कारोवार

बैंक समुह उकालो लाग्दा साढे ११ अंकले बढ्यो नेप्से, १ अर्व ७१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक ११ दशमलव ६३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ९ दशमलव ५९ अंकमा पुगेर बन्द भएको छ ।

सोमवार बैंक समुहको परिसुचक बढ्दा सेयर बजार उकालो लागेको हो । सो दिन विकास बैंकको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ३ अंकले बढेको छ । त्यस्तै बैंकिङ समुह १४ दशमलव ८९, होटल ४ दशमलव ७२ र जलविद्युत ३ दशमलव ८९ अंकले उकालो लागेको छ ।

यता वीमा,उत्पादन, अन्य र फाइनान्स समुहको परिसुचक भने क्रमशः ४९ दशमलव २४, २५ दशमलव ९९,२ दशमलव ३५ र ० दशमलव ५८ अंकले ओरालो लागेको छ ।

सो दिन १ सय ३९ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १९ लाख ५५ हजार कित्ता सेयरबाट १ अर्व ७१ करोडको कारोवार भएको छ । सोमबार एभरेष्ट बैंक लिमिटेडको सवैभन्दा बढी १५ करोड २७ लाख बराबरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL