Logo

सामान्य अंकले बढ्यो नेप्से, ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

सामान्य अंकले बढ्यो नेप्से, ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापन परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सेयर बजार सामान्य बढेको भएता पनि ७ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज सेयर बजार मापन सूचक नेप्से ४.७५ अंकले बढेर २०५५.५३ बिन्दुमा पुगेको छ। बुधबार बजार घटेको थियो। बुधबार नेप्से सूचक १४.०५ अंकले घटेर २०५० को विन्दुमा आईपुगेको थियो। बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उप समूहमध्ये ४ उपसमूहको सेयर मूल्य बढ्दा बाँकी ९ उपसमूहको सेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूह तर्फका लगानीकर्ताले कमाएका छन्। आज कारोबारमा आएका २ सय ७६ कम्पनीको ८० लाख ८ हजार २ सय ४६ कित्ता सेयर कारोबार भएको छ। कारोबारमा आएका ७४ कम्पनीको सेयर मूल्य बढेको छ। बाँकी १ सय ७४ कम्पनीको सेयर मूल्य घटेको छ। ४ कम्पनीको सेयर मूल्य यथावत रहेको छ।

आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिन्चोक दर्शन कम्पनी, बिपिडब्लू लघुवित्तलगायत ७ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज सबैभन्दा धेरै सोल्टी होटलको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्