Logo

एलजीको मस्क्यूटो अवे टिभी सार्वजनिक, टिभी खोल्नासाथ लामखुट्टे भाग्ने

एलजीको मस्क्यूटो अवे टिभी सार्वजनिक, टिभी खोल्नासाथ लामखुट्टे भाग्ने


बिजखबर संवाददाता
0
Shares

एलजीले लामखुट्टे भगाउने टेलिभिजन सार्वजनिक गरेको छ । दक्षिण कोरियाली कम्पनी एलजीको टेलिभिजन खोलेपछि लामखुट्टे भाग्छ । लामखुट्टे भगाउन मस्क्यूटो क्वाइल वा झुलको आवश्यकता नपर्ने बताइएको छ । एलजीको मस्क्यूटो अवे टिभी ३१।४ इन्च र ४२।५ इन्च स्क्रिनमा उपलब्ध छ ।

खासगरी भारतीय उपमहाद्विपका प्रयोगकर्तालाई अहिलेको गर्मी याममा लक्षित गर्दै एलजीले यो टेलिभिजन उत्पादन गरेको बताइएको छ । यसमा अल्ट्रा सोनिक डिभाइसको प्रयोग गरिएको छ । जुन एकपटक एक्टिभेट गरिसकेपछि लामखुट्टेलाई भगाउने काम गर्नेछ ।

साउण्ड वेभ अर्थात् आवाजका तरंगको माध्यमबाट यसले लामखुट्टे भगाउने काम गर्दछ र कुनैपनि हानिकारक विकिरण उत्पादन गर्दैन ।एजेन्सि/

प्रतिक्रिया दिनुहोस्
MBL