Logo

२ सयले बढ्यो सुनको भाउ, चाँदीको भाउ स्थिर

२ सयले बढ्यो सुनको भाउ, चाँदीको भाउ स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ। आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ५६ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही भाउमा भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL