Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १४.०५ अंकले घट्दै २०५० को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ७१ कम्पनीका ८६ लाख ५१ हजार १ सय ६६ कित्ता सेयर ५९ हजार ८ सय १३ पटक किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ । मंगलबार कारोबार रकम ४ अर्ब माथि पुगेको थियो ।

यस्तै आज होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक र व्यापार समुहको उपसुचकमा वृद्धि देखिँदा अन्य ९ समुहको उपसुचकमा भने गिरावट आएको छ । आज बढेका समुहमध्ये सबैभन्दा बढी होटल तथा पर्यटन समुहको उपसुचकमा २ सय ३९ अंकको वृद्धि देखिएको छ ।

यस्तै आज उत्पादनमुलक समुहको उपसुचक १५ अंकले बढ्दा जीवन बीमा समुहको उपसुचकमा ११.९६ अंकको वृद्धि देखिएको छ । बुधबार व्यापार समुहको उपसुचकमा सामान्य वृद्धि देखिँदा जलविद्युत समुहको परिसुचकमा भने ४१ अंकको गिरावट आएको छ ।

आज कारोबार अवधिभर १ सय ७९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ४५ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । जसमध्ये सिटी होटल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम सिमेन्टको सबैभन्दा बढी २३ करोड रुपैयाँ माथिको सेयर कारोबार हुँदा योलगायत ४ कम्पनीको सेयर कारोबार १० करोड माथि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्