Logo

सकारात्मक माहोल हुँदा पनि नेप्सेमा २६ अंकको गिरावट, यस्ताे छ कारण

सकारात्मक माहोल हुँदा पनि नेप्सेमा २६ अंकको गिरावट, यस्ताे छ कारण



काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार सेयर बजार २६.५६ अंकले घटेर २०६४.८३ बिन्दुमा ओर्लिएको छ।

यसैगरी, सेन्सेटिभ सूचक पनि मंगलबार घटेको छ। यस्तो सूचक आज ४.२६ अंकले घटेर ३८८.०२ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

आज २ सय ६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९ सय ५३ रुपैयाँमा कारोबार भएको छ।

आज कारोबारमा आएका तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, कारोबारमा आएको एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट कारोबार भएको नेप्सेले जानकारी दिएको छ। आज कारोबारमा आएका १३ उपसमूहको सेयरमध्ये तीन उपसमूहको सेयर मूल्य बढेको छ। बाँकी १० उपसमूहको सेयर मूल्य घटेको छ।

आज कारोबारमा आएको २८ कम्पनीकोमात्र सेयर मूल्य बढेको छ। १९३ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्य यथावत रहेको छ।

मंगलबार सबैभन्दा धेरै खरिदविक्रिको चाप नेपाल इन्फास्ट्रचर कम्पनीको सेयरमा देखिएको छ। कम्पनीको २० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

लगानीकर्ताले आफ्नो नाफा बुक गरेको कारण आज सेयर बजारमा गिरावट आएको एक जानकार बताउँछन्। उनी भन्छन्, ‘सेयर बजारका अहिलेका सबै कुराहरु सकारात्मक छन्। तर, पनि सेयर बजारमा करेक्सन देखिएको छ, जसका कारण लगानीकर्ताले आफ्नो नाफा बुक गरेका हुन्, सेयर बजारमा गिरावट आउँनुपर्ने अन्य कारण देखिन्न।’

जानकारहरुका अनुसार सेयर बजार घट्नुको अर्काे कारण आज अनलाइन ट्रेडिङ सिस्टम (टिएमएस)मा समस्या आउनु पनि हो । मंगलबार कारोबार समयको सुरुवातिमा बैंकिङ र उत्पादनमूलक क्षेत्रको सेयर कारोबारमा केहि समस्या देखिएको थियो। जसले सेयर बजारमा केहि असर गरेको हुन सक्ने एक सेयर बजार जानकार बताउँछन्।

प्रतिक्रिया दिनुहोस्