Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, ३१ अंकले बढ्दा १ अर्व ९६ करोडको कारोवार

बैंकिङ समुहले उचाल्यो नेप्से, ३१ अंकले बढ्दा १ अर्व ९६ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार नेप्से परिसुचक ३१ दशमलव २६ अंकले उकालो लागेको छ । सो दि सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहले सेयर बजार बढाएको हो ।

आइतवार बैंकिङ समुह ४७ दशमलव ४७ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ९७ दशमलव ९६मा पुगेर बन्द भएको हो । त्यस्तै सो दिन बीम समुहको परिसुचक ३० दशमलव ७ र विकास बैंक २२ दशमलव २७ अंकले बृद्धि भएको छ ।

आइतवार होटल,फाइनान्स र अन्य समुह क्रमशः १० दशमलव ७९, १ दशमलव ४१ र १ दशमलव १७ अंकले उकालो लागेको हो । यता जलविद्युत क्षेत्रको परिसुचक भने ८ दशमलव ३ अंकले ओरालो लागेको छ । आइतवार नेपाल बंगलादेश बैंककोसवैभन्द बढी ३५ करोडको सेयर विक्री भएको छ ।

सो दिन १ सय ३३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २१ लाख ३१ हजार कित्ता सेयरबाट १ अर्व ९६ करोड ६४ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्