Logo

उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथी

उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथी



काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ। आइतबार सेयर बजार ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा आइपुगेको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक समग्रमा २.५६ प्रतिशतले बढेको हो।

यसैगरी, आज सेन्सेटिम इन्डेक्स ७.१८ अंकले बढेर ३९०.५६ बिन्दुमा आईपुगेको छ। आईतबार कारोबार रकम पनि उत्साहजन देखिएको छ। यसदिन ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ उपसमूह मध्ये १२ उपसमूहको सेयर मूल्य बढेको छ। बाणिज्य बैंक उपसमूहको सेयर मूल्य भने घटेको नेप्सेले जानकारी दिएको छ। आज सबैभन्दा धेरै लाईफ इन्स्योरेन्स उपसमूह तर्फको सेयर मूल्य बढेको छ। यस उपसमूहको सेयर मूल्य आज ६.३८ प्रतिशतले बढेको छ।

आज कारोबार भएका २ सय ८० कम्पनीमा १ सय ९० कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी २४ कम्पनीको सेयर मूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्य यथावत रहेको छ। आज १४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्