Logo

आइतबारबाट नेपाल लाईफको सेयर कारोवार बन्द, नेप्सेसँग स्पष्टीकरण लिँदै धितोपत्र बोर्ड

आइतबारबाट नेपाल लाईफको सेयर कारोवार बन्द, नेप्सेसँग स्पष्टीकरण लिँदै धितोपत्र बोर्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबारबाट नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । कम्पनीले अनुमति नलिइ आफुखुशी सेयर मुल्य निर्धारण गरी फरदर पब्लिक अफरिङ (एफपीओ) को मुल्य निर्धारण गरेको भन्दै कारोवार रोक्का लागि लागि निर्देशन दिएको हो ।

शुक्रबार नेप्सेलाई पत्र पठाएर कारोवार रोक्का गर्न निर्देशन दिएको बोर्डले जानकारी दिएको छ । बोर्डमा स्वीकृति नै नलिइ सुचना प्रवाह बजार मूल्यमा चलखेल हुनसक्ने भन्दै कारोवार रोक्का गर्न निर्देशन दिएको हो । जसले गर्दा लगानीकर्ताहरु बढी प्रभावित हुन सक्ने बोर्डको भनाइ छ ।

सो सम्बन्धमा बोर्डले नेप्सेसँग स्पष्टिकरण लिने भएको छ । केही समयअघि बार्डले नेप्सेलाई सम्बन्धित कम्पनीलाई सुचना अपलोड गर्न नदिन निर्देशन दिएको थियो । तर, नेप्सेले विभिन्न वाहानामा लागु गरेको थियो । नेप्सेले सो विषयमा हेलचेक्राइ गरी दुरुपयोग गरेको भन्दै स्पष्टिकरण सोध्न लागिएको बार्डले जानकारी दिएको छ ।

नेपाल लाइफले बोर्डबाट स्वीकृति नलिइ प्रति कित्ता २ हजार ९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने गरी नेप्सेको वेवसाइटमा सुचना प्रकाशित गरेको थियो ।
कम्पनीले संस्थापक र साधारण सेयरको अनुपातलाई ७० र ३० बनाउनका लागि एफपिओ जारी गर्न लागेको हो । हाल कम्पनीमा संस्थापक समूहमा ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL