Logo

आईएमई लिमिटेड १६ औं वर्षमा प्रवेश, एजेण्ट आउटलेट पाँच हजार पुगे

आईएमई लिमिटेड १६ औं वर्षमा प्रवेश, एजेण्ट आउटलेट पाँच हजार पुगे


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । रेमिटेन्स कम्पनी आईएमई लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार आफ्नो वार्षिकोत्सवका अवसरमा कम्पनीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आईएमई र आईएमई ग्रुप अफ कम्पनीमा कार्यरत कर्मचारी, आईएमईका व्यावसायिक साझेदार एवं शुभचिन्तक सहित ७९ जनाले रक्तदान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तरराष्ट्रिय स्तरको रेमिटेन्स सेवा प्रवाह गर्दै आएको आईएमई लिमिटेड सन् २००१ मा स्थापना भएको हो । आईएमई लिमिटेडसँग हाल विश्वव्यापी रुपमा करिव १ लाख एजेण्ट आउटलेट, आन्तरिक रेमिटेन्सतर्फ १ सय ४० आईएमई सेन्टर, ४ हजार ८ सय अन्य गरी करिव पाँच हजार एजेण्ट आउटलेट रहेका छन्।

सामाजिक उत्तदायित्व अन्तर्गत स्वास्थ्य एवं सुरक्षा, सामाजिक सहयोग, शिक्षा र वातावरण जस्ता चार क्षेत्रमा कम्पनीले सहयोग पु¥याउदै आएको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीमा दश वर्ष सेवा गरेका कर्मचारीहरु र विभिन्न विधामा उत्कृष्टता हाँसिल गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL