Logo

५ अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा संकुचन्

५ अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा संकुचन्



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकल अंकले बढेर बन्द भएको छ । दिनभर उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ५ अंकले बढ्दै २,०४२ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार रकममा पनि संकुचन् आएको छ । बिहीबार दिनभर कुल २ सय ७० कम्पनीका ७८ लाख ९६ हजार ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि खुम्चिएर ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँमा सीमित भएको छ ।

आज दिनभरको कारोबारमा १ सय ३९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७५ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ । जसमध्ये सिटी होटल लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको छ । आज शिवम सिमेन्टको सबैभन्दा बढी १७ करोड माथिको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्